ठेकेदारकाे रकम भुक्तानी नगरेपछि‘बर्थिङ सेन्टर’मा तालाबन्दी

ठेकेदारकाे रकम भुक्तानी नगरेपछि‘बर्थिङ सेन्टर’मा तालाबन्दी

केन्द्रबिन्दु
6
Shares

सिमकोट(हुम्ला)। जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र(बर्थिङ सेन्टर) मा तालाबन्दी गरिदिएको छ।

दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई रु छ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले ताला गलाइदिएको बताइएको छ। विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो।

अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए।‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन्। विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनले बताए।

Skip This
Skip This
Logo