एक गाग्री पानीका लागि ३ घण्टा लाइनमा

एक गाग्री पानीका लागि ३ घण्टा लाइनमा

केन्द्रबिन्दु
0
Shares

उदयपुर

खानेपानी अभावका कारण चनौटेका तीन दर्जन बढी स्थानीयबासी गाउँ छाडेर बसाई सर्न थालेका छन् । त्यहाँका स्थानीयबासी एक ग्रागी खानेपानीका कारण ३ घण्टा कुवामा लाईन बस्न बाध्य छन् । २०७२ सालको भुकम्पपछि पानीको श्रोत सुकेपछि त्यहाँ खानेपानीको चरम अभाव भएको हो ।

उदयपुरको कटारी नगरपालिका–१४ चनौटेकी तारादेवी लायो मगर मध्यरातमा पधेँरो पुग्छिन् । त्यसरी पुग्दा पनि पानी भर्न लाइन लाग्नु पर्दछ । ‘भाँडाकुँडा बोकेर मध्यरातमा पधेँरो पुग्दा नि सुख छैन,’ उनले भनिन, ‘भोट लगाउन जाँदा जसरी लाइन बस्नु पर्छ, त्यसरी नै एक ग्रागी पानीका लागि बिहान भरि लाईन बस्नु पर्दछ ।

यसरी मध्यरातमा पधेँरो पुगेर धारामा आउने तिरतिरे पानी जम्मा गरेर ५७ गाग्री भर्छिन् । ‘नुहाइ धुवाइ गर्ने कल्पनाको कुरा हो, तारादेवीले भनिन, ‘चाडपर्वमा त पानी किनेर ल्याउनु पर्छ । समुद्र सतहदेखि करिब एक हजार ८०० मिटर उचाइमा रहेको चनौटे नजिकैको रमाइलो डाँडागाउँकी सनमाया बिकको पनि उस्तै पीडा छ । डाँडा डाँडामा बस्ती भए पनि बस्ती नजिकैको खोल्सामा पानी थियो उनले भनिन, ‘२०७२ सालको भूकम्पपछि पानी सुक्दै गयो । त्यसैले एक गाग्री पानी लिन करिब डेढ घण्टा पैदल हिँडेर चनौटे खोलामा पुग्नु परेको सनमायाले बताइन् । खोलामा पनि पर्याप्त पानी छैनन्, त्यहाँ पनि लाईनमा बस्नु पर्छ ।

खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् ।
राजधानीबाट

Logo