हेटौंडा । बागमती प्रदेशमा कांग्रेस र एमाले गठबन्धनले आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै छन् । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले गठबन्धनका तर्फबाट दाबी पेस गर्नेछन् । तर मुख्यमन्त्री नियुक्त नहुँदै नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम भने टुंगो लगाएको छ ।
एमालेले प्रेम भक्त महर्जन, किरण थापामगर, कृष्ण सिलवाल, प्रकाश श्रेष्ठ, अमन मास्के र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो ।
यसअघि उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भइसकेका प्रकाश श्रेष्ठबाहेक सबै अनुहार नयाँ हुन् । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।





























प्रतिक्रिया