उच्च अदालतका ८० न्यायाधीशले पाए वैधता, सर्वोच्चमा परेको रिट खारेज

उच्च अदालतका ८० न्यायाधीशले पाए वैधता, सर्वोच्चमा परेको रिट खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उच्च अदालतका ८० न्यायाधीशहरुले वैधता पाएका छन् । सर्वोच्च अदालतले उनीहरुविरुद्ध परेको रिट खारेज गर्दै वैधता प्रदान गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजालसले उच्च अदालतका ८० जना न्यायाधीशलाई वैधता दिएको हो । उक्त रिटलाई सर्वोच्चले खारेज गरेको छ ।

न्यायपरिषद् बैठकले न्याय प्रशासन, कानून सेवा, सरकारी वकिल, कानून व्यवसायी र पुनरावेदन अदालतबाट यसअघि अवकाशप्राप्त अतिरिक्त न्यायाधीश गरी ८० जनालाई २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश नियुक्त गरेको थियो । न्यायाधीश नियुक्तिसँगै विवाद सिर्जना भएको थियो।

त्यससँगै २०७३ माघ २८ गते नायक न्यायधिवक्ता दुर्गाबन्धु पोखरेलसहितको समूहले ८० न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले यो रिट खारेज गरेसँगै ८० न्यायाधीश नियुक्तिको विवाद टुंगिएको हो ।

Logo