एजेन्सी । केही महिना अघि आफ्नै छोरीलाई बलात्कार गर्ने उक बाबुलाई २ वर्ष ६ महिनाको जेल सजाय तोकियो । डेनमार्कको एक अदालतले ५० वर्षका ति बाबुलाई आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा जेल सजाय सुनाएको थियो ।
उनले छोरीमाथि बलात्कार गर्नुको कारण सार्वजनिक गरे । छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका थिए । केहि घण्टा अगाडि मात्रै विवाह गरेका उनले रातको समयमा बलात्कार गरेको थिए ।
अत्यधिक रक्सी सेवन गरेका कारण पीडित युवतीलाई आफन्तहरुले दुलही कोठामा सुताईदिएका थिए । आफ्नो खाटमा जाने अवस्थामा नरहेकी ती युवतीलाई पाहुनाहरुले दुलही कोठा सुताएका थिए । उनका दुलहीका श्रीमान तथा ति युवतीका बाबुले आफ्नै श्रीमती सम्झेर बलात्कार गरेको बयान दिए ।
एउटै खाटमा नयाँ श्रीमती सम्झिएर आरोपीले छोरीलाई नै बलात्कार गरेका थिए । आफूलाई त्यस घटनाको खासै याद नभएको र आफू झुक्किएको उनको बयान छ । अदालतमा पेश गरिएको दस्ताबेजमा भनिएको छ, ‘पीडित युवतीमाथि बलात्कार ४ देखि ५ बजेको समय अन्तरालमा भएको हो। पीडित युवतीले कुकर्म रोक्न बिन्ति गर्दा पनि पिताले भने लगातार बलात्कार गरिरहे ।’
रक्सीको नशामा रहेको हुँदा प्रतिकार गर्न नसकेको युवतीले अदालतमा बयान दिएकी थिईन् । उनी पहिलो श्रीमतीबाट जन्मिएकी छोरीसँग आरोपी धेरै वर्षदेखि सम्पर्कमा थिएनन्। आफ्नो विवाहकै लागि उनले छोरीलाई निमन्त्रणा पठाएर बोलाएका थिए ।































प्रतिक्रिया