नेपालीको थाप्लोमा बढ्यो ऋणको भारी, प्रतिव्यक्ति ३१ हजार ऋण

नेपालीको थाप्लोमा बढ्यो ऋणको भारी, प्रतिव्यक्ति ३१ हजार ऋण

केन्द्रबिन्दु
0
Shares

नेपालीको थाप्लोमा ऋणको भारी बढेको छ।

महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनको विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म नेपालको कूल ऋणको भार प्रतिव्यक्तिमा ३१ हजार ७ सय ५० पुगेको छ । आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रुपैयाँ रहेकामा आव २०७३/७४ मा बढेर २४ हजार २ सय ७६ रुपैयाँ पुगेको थियो ।

हरेक वर्ष नेपालीको थाप्लोमा ऋणको भार बढ्दै गइरहेको छ ।

Logo