विदेशबाट फर्किने नेपालीले अब एक सय ग्रामसम्म सुन ल्याउन पाउने भएको छ।
सर्बोच्च अदालतको आदेशपछि सरकारले यो नयाँ नियम लागु गरेको हो। सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरेर ल्याउन दिने व्यवस्था गरेको छ । यसअघि ५० ग्रामभन्दा बढी सुनको गहना लिएर आउँदा सिधै जफत गर्ने गरिएको थियो । अब सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुन्छ ।
अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । ५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँका दरले कर लाग्नेछ ।































प्रतिक्रिया