बाजुरा
बाजुरा लगायत उच्च पहाडी जिल्लामा पछिल्लो समय औलो रोगको संक्रमण तीव्र रूपमा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । तराईका जिल्लामा देखापर्ने रोगका रूपमा परिचित औलो उच्च पहाडी जिल्ला बाजुरा, मुगु र हुम्ला लगायतका जिल्लामा देखा पर्न थालेको हो ।
पहाडी जिल्लामा समेत औलो रोगको संक्रमण बढेपछि यसले चिन्ता बढाएको अधिकारीको भनाइ छ । बाजुरामा आर्थिक वर्ष २०७३/७४ मा औलोका संक्रमितको संख्या १४ भएपनि आर्थिक वर्ष २०७४/७५ मा बढेर ७४ पुगेको देखिएको छ । बिहीबार कोल्टीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको एक कार्यक्रममा बाजुरामा औलोको संक्रमण सातगुणाले बढेको बताइएको हो ।
इपिडिमियोलोजीका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले हिमाली र उच्च पहाडी जिल्लामा औलो अथवा मलेरिया हुँदैन भन्ने मान्यतालाई चुनौती दिएको बताए । पछिल्लो समय तीव्र रूपमा संक्रमण सरेको पाइनुले भविष्यमा खत्तरा निम्त्याउन सक्नेतर्फ संकेत गर्दै जनस्वास्थ्य अधिकृत कोइरालाले तिनै तहका सरकारले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।
राजधानीबाट































प्रतिक्रिया