‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा महासंघको रोजगारदाता तालिम सुरु

‘स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा महासंघको रोजगारदाता तालिम सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवारबाट सुरु भएको हाे । याे तालिम तीन दिनसम्म चल्ने महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौता बमोजिम महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो । तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईंले गरेका हुन् ।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा सुदूरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको बताइएको छ ।

Logo