सगरमाथाको उचाइ मापनको ६० प्रतिशत काम सम्पन्न

सगरमाथाको उचाइ मापनको ६० प्रतिशत काम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिन्छ । यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन । भारत, चीन, अमेरिका लगायत देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए । अब चाहिँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने काम गरिरहेको छ ।

नापी विभागका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । सगरमाथा नाप्ने योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुयाङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर (लेभलिङ गरेर) सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ । फागुनबाट उचाइ नाप्न फिल्डको काम थालिएको थियो । अब सगरमाथाको शिखरतिरको काम गर्न टोली चुचुरोतर्फ जान बुधबार नै काठमाडौंबाट सगरमाथातर्फ लागिसकेको छ । टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सहित विदाई गरेका थिए ।

सगरमाथा नापी टोलीको आरोहण व्यवस्थापनको जिम्मा पिक प्रमोसन प्रालिले लिएको छ । आरोहण व्यवस्थापन कम्पनी पिक प्रमोसनको अनुसार आरोहणका लागि विभागका नापी कर्मचारी खिमलाल गौतम, रविन कार्की, सुरजसिं भण्डारी र युवराज धितालले तालिम गरिसकेका छन् । चुचुरोमा भने चार मध्ये गौतम र कार्की दुई जना जाँदैछन् । गौतम सगरमाथा चढिसकेका छन् । भण्डारी र धिताल भने आधार शिविरमै रहने छन् । आधार शिविरमाथि जिपिएसको माध्यमबाट उचाइ मापनको काम हुनेछ । आरोहीहरू जिपिएर बोकेर शिखर जानेछन् । डंगोलका अनुसार उचाइ नाप्ने काम सन् २०१९ भित्र सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य छ । काम केही चुनौतीपूर्ण रहेको समेत विभागका प्रमुख नापी अधिकृत डंगोलको भनाइ छ ।
नागरिकबाट

Skip This
Skip This
Logo