सडकमा बेसहारा, रोगी र बिरामी देख्नुभयो ? प्रधानमन्त्रीलाई खवर गर्नुहोस (भिडियोमा)

सडकमा बेसहारा, रोगी र बिरामी देख्नुभयो ? प्रधानमन्त्रीलाई खवर गर्नुहोस (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाईले सडकमा बेसहारा, रोगी र बिरामी देख्नुभयो ? यदि देख्नु भएको छ भने सिधा प्रधानमन्त्रीलाई खबर गर्नुहोस । यो भनाई अरु कोहीको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको हो ।

प्रधानमन्त्री ओलीले सडकहरुमा ‘लुम्रे झुम्रे’ मानिससमेत नभेटिने भन्दै यदि कहि कतै यस्ता मानिस देखिए खवर गर्न अनुरोध गरेका हुन् । अब तपाईंहरुले सडकको पेटीमा जि‌ङ्ग्रिङ्ग परेका मान्छेहरु देख्नुहुन’ ओलीले भने, ‘अस्तिसम्म देख्नुहुन्थ्यो । अहिले बाटामा देख्नुहुन्छ ? कहि देख्नुहुन्न । देख्नुभयो भने सूचना पाऊँ ।’

कसैलाई पनि भोकै मर्न नदिने सरकारको योजना सफल भएको दाबी समेत गरे । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सरकार रचनात्मकका साथ अगाडि बढ्ने र हरेक क्षेत्रमा परिर्वतन ल्याउने बताए । धनी र गरिबको ग्याप भनेर धेरै हल्ला भए पनि गरिबी निवारण आफ्नो प्राथमिकतामा भएको बताए । उनले भने, ‘पहिले नै भनेको छु, नेपालमा कोही भोका मर्दैन । किनभने यो देशमा जनताको सरकार छ ।’

Logo