नेपाल एग्रो लघुवित्तको आइपीओ आउँदै

नेपाल एग्रो लघुवित्तको आइपीओ आउँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल एग्रो लघुवित्त आईपिओ आउने भएको छ।कम्पनीलेबैशाख ८ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले  १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँ बराबरको १ लाख ६१ हजार ७ सय ७८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये २४ सय ८९ कित्ता कर्मचारीहरुलाई र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषलै छुट्याइएको छ । बाँकी रहेको १ लाख ५१ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख ११ गतेसम्म आवेदन दिन सक्ने छन्  ।

शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । कम्पनीको मुख्य कार्यालय कास्की जिल्ला पोखरा महानगरपालिका–१८, विन्ध्यवासिनीमा रहेको छ ।

संस्थाले १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९७० महिलाबीच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ ।

Skip This
Skip This
Logo