काठमाडाैं । एनआईसी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ को प्रगति विवरण सार्वजनिक गरेको छ । क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको जनाएको छ । चुक्ता पूँजी रु.२० करोड रहेको एनआईसी एशिया क्यापिटलले समिक्षा अवधिमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।
क्यापिटलको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ५० पैसा कायम गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो । आर्थिक वर्षको अन्त्यसम्म क्यापिटलले देहाय बमोजिमको व्यवसाय गरेको छ । आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ ।
संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
एनआईसी एशिया ब्यालेन्सड फण्ड’ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना ‘एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
उक्त लाभांश वितरण पश्चात तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु एनआईसी एशिया ग्रोथ को खुद सम्पत्ति मूल्य रु ११.४७ एनआईसी एशिया ब्यालेन्सड फण्डको खुद सम्पत्ति मूल्य रु ११, पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड को खुद सम्पत्ति मूल्य रु ११.०९, तेश्रो बन्दमुखी योजना एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)को खुद सम्पत्ति मूल्य रु ११.४६, चौथो बन्दमुखी योजनाको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको रु ११.३४ र पाँचौं बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड-२ को खुद सम्पत्ति मुल्य रु.१०.०७ कायम गर्न सफल भएको छ ।





























प्रतिक्रिया