काठमाडाैं । क्यानडाको एबी प्रान्तमा रहेको कालगरी शहरमा विधिवत् रुपमा अल्बर्टा नेपाल चेम्बरको उद्घाटन भएको छ ।
सो उद्घाटन समारोहमा विशिष्ट अतिथिहरुमा क्यानडाका लागि नेपाली राजदूत भरत राज पौड्याल, एबी प्रान्तका कानूनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरु जर्ज चहल, एसराज ह्यालेन,कालगेरी महानगरपालिकाका–५ का वडा अध्यक्ष राज धलिवाल, पूर्वमन्त्री जेरेमी निक्सन, एबी प्रान्तको मुख्यमन्त्रीको सचिवालयका डाक्टर ड्यानियल्स र ह्प्पाी मानको उपस्थिति रहेको थियो।
यसैगरी एनआरएन,आईसीसीका प्रतिनिधिहरु एनआरएन क्यानडाका अध्यक्ष माधव दुलाल, एनआरएन कार्यसमितिका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लको समेत सहभागीता रहेको थियो ।
साे अवसरमा एएनसीसीका अध्यक्ष सीमर पाण्डेले नेपाल र क्यानडाबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्धन, व्यापारीक सम्बन्ध, र दुई देशको सरकारबीचको ब्रिज चेम्बरको उद्देश्यले अल्बर्टा नेपाल चेम्बरको स्थापना भएको बताए ।
यसैगरी, राजदूत पौडयालले एएनसीसीले आर्थिक, समाजिक, पर्यटन प्रवर्धन को विकासको लागी कोसेढुङ्गा सावित हुनमा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने विश्वास व्यक्त गरे । सो अवसरमा एबी प्रान्तका कानूनमन्त्री मिक्कीले एएनसीसीलाई पूर्ण सहयोग रहने यसले नेपाल र एबी सरकारबीचको एतिहासिक सम्बन्धको सुरुवात भएको बताए ।





























प्रतिक्रिया