सर्वोच्चद्वारा विप्लव नेता वलीलाई थुनामुक्त गर्न अस्वीकार, रिट खारेज

सर्वोच्चद्वारा विप्लव नेता वलीलाई थुनामुक्त गर्न अस्वीकार, रिट खारेज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई रिहाई गर्न अस्वीकार गरेको छ । गत चैत ७ गते पक्राउ परेका वलीको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत चैत १३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन्।

रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरी अनुमती प्रदान भई हिरासतमा रहेको अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको हो ।

वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्दोग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ। सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा लगिएको छ। विप्लव समूहका तेस्रो नम्बरका नेता वलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo