केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

बिष्णु पौडेलको प्रष्टीकरणदेखि शेयरबजारको नयाँ व्यवस्थासम्म

बिष्णु पौडेलको प्रष्टीकरणदेखि शेयरबजारको नयाँ व्यवस्थासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

नेपालमा गाडी उत्पादन र तुलनात्मक लाभ

लगानी सम्मेलन शुरु हुनु केही दिन अघि दक्षिण कोरियाको मोट्रेक्स लिमिटेडलाई नेपालमै सवारीसाधन बनाउन ‘भेइकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्बलिङ प्लान्ट’ परियोजनाका लागि लगानी बोर्ड नेपालले रु १० अर्ब ५४ करोड वैदेशिक लगानी स्वीकृत गरेको समाचार आयो । अब नेपालमै अर्को वर्षभित्र गाडी उत्पादन र रोजगारी सिर्जना हुने सकारात्मक समाचारले धेरैको ध्यान तान्यो । तर, यो समाचार आएको केही समय मै अर्को समाचार पनि आयो । उक्त कम्पनीले नेपालमा ‘भेइकल म्यानुफ्याक्चरिङ प्लान्ट’ स्थापनाका लागि लगानी गर्दा बजार सुनिश्चितताका लागि त्यस्तै प्रकारका अन्य कम्पनीको स्थापना निषेध गरी एकाधिकार कायम गर्न मिल्ने शर्तहरु राखेको समाचार आयो । उसले सात वर्षसम्म कुनै पनि कम्पनीलाई र सो अवधिपछि अमेरिकी डलर १० करोड भन्दा कम लगानी गर्ने कम्पनीलाई स्थापनाको अनुमती दिन नपाइने शर्त राख्यो ।

शेयरबजारमा नयाँ व्यवस्था, न्युनतम ५० कित्ताको सिमा हट्यो

थोरै पुँजी भएका वर्गलाई पनि पूँजीबजारमा पहुँच बढाउने उद्धेश्यले नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था ल्याएको छ। नयाँ व्यवस्था अनुसार सार्बजनिक निष्काशनमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने ब्यबस्था हटेको छ ।

बिष्णु पौडेलको प्रष्टीकरण- ‘कानुन अनुसार नै जग्गा खरिद गरेको हुँ’

सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महा सचिव बिष्णु पौडेलले बालुवाटारको जग्गा खरिद प्रकरणमा स्पष्टिकरण दिएका छन्। आज एक बिज्ञप्ति जारी गर्दै सांसद पौडेलले आफुले कानुन अनुसार नै जग्गा खरिद गरेको प्रष्टीकरण दिएका हुन् । बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद पौडेलले २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको बताएका छन्।

निर्मला प्रकरणः पत्रकार भण्डारीविरुद्द अधिवक्ता भट्टले हाले मुद्दा

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । जिल्ला अदालत कञ्चनपुरमा पत्रकार भण्डारीविरुद्ध अधिवक्ता बिनोद भट्टले मुद्दा हालेका हुन् । उनले प्रतिष्ठा विरुद्धको कसुरमा मुद्दा परेको हो । मुलुकी अपराध संहिता २०७४ को भाग ३ को दफा २९९ ले छलकपटकपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने व्यवस्था गरेको छ ।

क्रिश्चियनको धर्म परिवर्तन गराउने कार्यक्रम रोक्न सीडीओको निर्देशन !

क्रिश्चियन धर्मावलम्बीहरुले काठमाडौंमा गर्न लागेको कार्यक्रमबारे काठमाडौं जिल्ला प्रशासनले चासो देखाएको छ । क्रिश्चियन धर्मालम्बीहरुले चैत्र २८ गतेदेखि काठमाडौंको योगेम्बर पार्टी प्यालेसमा चङ्गाइ एवं सामुहिक धर्म परिवर्तन कार्यक्रम आयोजना गर्दैछन् ।

१८ न्यायाधीशको सपथ

दलाई लामा अस्पताल भर्ना

निर्मला प्रकरणः पत्रकार भण्डारीविरुद्द अधिवक्ता भट्टले हाले मुद्दा

आन्दोलनरत चिकित्सकहरुद्वारा बीर अस्पतालको प्रांगणमै बिरामी परिक्षण

सांसद लिङ्देनलाई ५० लाख माग्दै धम्की दिने व्यक्ति पक्राउ

काठमाडौं महानगरले तोक्यो निजी विद्यालयको शुल्क, कुन वर्गको कति ?

बर्डफ्लु भेटिएपछि भक्तपुरमा बाइस सय कुखुरा नष्ट

जब तीन वटा माहुरी आँसु पिउनकै लागि युवतीको आँखामा पसे !

गुराँस लघुवित्तको आइपीओ आउँदै

आठौं राष्ट्रिय खेलकुद आजबाट

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo