बिष्णु पौडेलको प्रष्टीकरण- ‘कानुन अनुसार नै जग्गा खरिद गरेको हुँ’

बिष्णु पौडेलको प्रष्टीकरण- ‘कानुन अनुसार नै जग्गा खरिद गरेको हुँ’

केन्द्रबिन्दु
0
Shares

सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महा सचिव बिष्णु पौडेलले बालुवाटारको जग्गा खरिद प्रकरणमा स्पष्टिकरण दिएका छन्।  आज एक बिज्ञप्ति जारी गर्दै सांसद पौडेलले आफुले कानुन अनुसार नै जग्गा खरिद गरेको प्रष्टीकरण दिएका हुन्।

बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद पौडेलले २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको बताएका छन्।

‘सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’ बिज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo