पत्रकार सरोजराज अधिकारीको शब्द र गायक राम कार्कीको स्वरमा‘काँचको मुटु’गीत सार्वजनिक

पत्रकार सरोजराज अधिकारीको शब्द र गायक राम कार्कीको स्वरमा‘काँचको मुटु’गीत सार्वजनिक

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संगीत साधक राम कार्कीको स्वरमा रहेको आधुनिक गीत काँचको मुटु’ सार्वजनिक भएको छ । कार्कीकै संगीत र संगीत संयोजन रहेको उक्त गीत पछिल्लो समय उत्कृष्ट गीतको रुपमा चर्चित भइरहेको छ ।

गीतकार पत्रकार सरोजराज अधिकारीको शब्द रचना रहेको उक्त गीत आँखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने किसिमको रहेको छ । नेपाली सांगीतिक बजारमा आइरहेका व्यावसायिक गीतहरुको तुलनामा निकै नै गहकिलो गीतको रुपमा’काँचको मुटु’ रहेको छ।

गीतकार तथा पत्रकार सरोजराज अधिकारीको निधन वि.सं.२०७९ कात्तिकमा भएको थियो ।कान्तिपुर, नयाँ पत्रिका, नेपाल लाइभलगायत मिडियामा काम गरेका अधिकारीको धम्बोजी, नोरा जासुसीको जालो र चक्रव्यूहमा चन्द्रसूर्य किताब पनि प्रकाशित थिए । निधन हुनुपुर्व उनले सहकर्मीहरुलाई यो गीत कुनै गायकलाई उपलब्ध गराइदिन आग्रह गरेको पत्रकार सन्तोष आचार्य बताउँछन् ।

शब्द संगीत र स्वरको तालमेलसँगै संगीत संयोजनको उत्कृष्ट संयोजन रहेको गीतबाट नेपाली गीत संगीतले थप एउटा कालजयी गीत पाएको छ। निर्देशक सुरेश थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा कलाकार ज्योति खड्का र स्वयं राम कार्कीको अभिनय रहेको छ ।

सर्जक कार्की भन्छन्,’मलाई यस्तै कालजयी गीत संगीतमा रम्न मन लाग्छ ।’ चलन चल्तीका गीत संगीतमा पनि उक्तिकै सिपालु कार्की एउटा सर्जक भएपछि सबै किसिमका कामहरु गर्नुपर्ने बताउँछन् ।

Skip This
Skip This
Logo