भक्तपुरमा आजबाट भैरवनाथ र भद्रकालीको रथयात्रा शुरु हुने

भक्तपुरमा आजबाट भैरवनाथ र भद्रकालीको रथयात्रा शुरु हुने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

भक्तपुरको प्रसिद्ध भैरवनाथ र भद्रकाली रथ यात्रा बुधबार ( आज ) बाट सुरु हुँदैछ । मङ्गलबार बिहान जात्रालु, प्रहरी, स्थानीय प्रशासन, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि, जिल्लामा रहेका सबै सरकारी कार्यालय, सङ्घसंस्था, क्लब, सहकारी लगायतका कर्मचारी, स्वयंसेवक र जात्राका गुठियार सहितको सद्भाव ¥याली आयोजना गरिएको छ ।

बुधवार दिउँसो तौमढीमा भद्रकाली र भैरवनाथलाई रथमा आरुढ गराइ कोने भनिने गहिटी, बुलुचा, नासमना वा थने भनिने क्वाँछे, साकोटा, सुकुलढोकातर्फ रथ तानिँदैछ । भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठका अनुसार जात्रामा सुरक्षार्थ ९५० सुरक्षाकर्मी परिचालित गरिएको छ, प्रहरीले जात्रा स्थलमा स्थलगत निरीक्षण तथा अनुगमन सकेको छ ।

रथयात्रा मार्ग र जात्रा स्थलका विभिन्न संवेदनशील क्षेत्रमा ४२ वटा सीसी क्यामेरा जडान गरिएको छ । सादा पोशाकका प्रहरी पनि परिचालित हुनेछन् । भक्तपुर गलसिपुखु स्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार जिल्ला रेडक्रस र रेडक्रसको नवदुर्गा र वाराही उपशाखाबाट ४० जना रेडक्रसका स्वयंसेवक खटाइएका छन् ।

रेडक्रसले चुपिङ्घाट र तौमढीमा दरबार स्क्वायर र नासमनामा स्वास्थ्य शिविर तथा आकस्मिक उपचार सेवा शिविर खडा गरेको छ । जात्रा स्थलका सबै भागमा रेडक्रसका स्वयंसेवक र कार्यसमितिका पदाधिकारी समेत खटाउने व्यवस्था भएको छ ।

बाटोको अवस्था र सुरक्षा व्यवस्थालाई लिएर दत्तात्रेयसम्म लैजानु पर्ने रथ बीचबाट फर्काउनुपर्ने व्यवस्था यो पटक गरिएको छ । गुठी संस्थान शाखा कार्यालय प्रमुख हरिप्रसाद सुवेदीका अनुसार बुधवार रथ गहिटीमा पु¥याएपछि चैत मसान्तका दिन जात्राको लिङ्गो उठाउने भेलुखेलमा पु¥याइन्छ । नयाँ वर्षका दिन लिङ्गो ढालेपछि भद्रकाली र भैरवनाथ रथलाई पुनः गहिटी फर्काएर चैत ५ गते दुवै रथ जुधाएर जात्रा समापन हुन्छ ।
गोरखापत्रबाट

Logo