सर्बियामा भ्यान दुर्घटनाः नेपालीसहित ३० जना घाइते

सर्बियामा भ्यान दुर्घटनाः नेपालीसहित ३० जना घाइते

केन्द्रबिन्दु
12
Shares

पलाका । दक्षिणपूर्वी सर्बियाको पलाका शहर नजिकैको राजमार्गमा एक यात्रुबाहक भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते भएका छन् । सर्बियाको आरटीएस टेलिभिजनका अनुसार तीनजना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ।

गत शुक्रवार बेला करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो । ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

Skip This
Skip This
Logo