भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा टिप्परको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सुवास तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलका अनुसार बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परले आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा ४ ख २९०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय हुन् । भक्तपुरतर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार काभ्रेको महाकाल गाउँपालिका घर भएका सञ्जीव थापा मगरको उपचार हुँदै छ । काभ्रेको मण्डन देउपुर गाउँपालिका–६ का टिप्पर चालक २८ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

Skip This
Skip This
Logo