गरिब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने सरकारको घोषणा

गरिब नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पु¥याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानुनी व्यवस्था गरिएको बताए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य विमा गर्दै आएको छ । अब गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा दिने गरी अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पु¥याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

Skip This
Skip This
Logo