काठमाडौँ । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन् । आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा उपस्थित भएका हुन् ।
निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेका उनले बयान दिएपछि थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।































प्रतिक्रिया