वीरगञ्ज । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । सर्वोच्चको उक्त आदेशको विरोधमा संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगञ्जमा प्रदर्शन गरेको हो ।
संघीय समाजवादी फोरम नेपाल पर्साको महानगर कमिटीले सर्वोच्च अदालतको निर्णय मधेस विरोधी भएको भन्दै सर्वोच्चले जारी गरेको आदेशको प्रति समेत जलाएको छ ।

फोरमका वीरगञ्ज महानगर अध्यक्ष ईश्वर यादवको नेतृत्वमा रहेको विद्यार्थीको समूहले वीरगञ्जको घण्टाघरमा सर्वोच्च अदालतको निर्णय विरुद्ध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष यादवले एकातिर सर्वोच्च अदालतकै निर्णयबाट नै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा जिल्ला प्रशासनले नागरिकता वितरण गरि रहेको बेला पुन सर्वोच्च अदालतद्वारा नै कार्यान्वयन नर्गन जारी गरेको आदेशले सर्वोच्च अदालतले दोहोर चरित्र देखाएको आरोप लगाए ।
२०६३ मा जन्मका आधारमा नागरिकता लिएका सन्तानहरुलाई वंशजकै आधारमा नागरिकता वितरण गर्नु भनि संविधानमै लेखिए पनि मधेस विरोधी मानसिकता बोकेका केही अधिवक्ताहरुले मधेसी युवाहरुलाई नागरिकता बिहीन बनाएर देशमा द्धन्द्धको बिउ रोप्न खाजेको अध्यक्ष यादवको भनाई थियो ।































प्रतिक्रिया