नेपाल लाइफ इन्स्योरेन्सको समृद्धि पदकबाट चापागाईं सम्मानित 

नेपाल लाइफ इन्स्योरेन्सको समृद्धि पदकबाट चापागाईं सम्मानित 

केन्द्रबिन्दु
312
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता जीवनप्रसाद चापागाईं समृद्धि पदकबाट सम्मानित भएका छन् । नवलपरासी जिल्लाबाट सबै भन्दा बढी बीमितको बीमा गर्न सफल भएका आधारमा कम्पनीले चापागाईंलाई सम्मान गरेको हो । 

नेपाल लाइफ इन्स्योरेन्सबाट आयोजित एक कार्यक्रममा चापागाईंलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले प्रमाणपत्रसहित सम्मान गरेका थिए । चापागाईंले अनलाइनका माध्यमबाट पनि देशका विभिन्न जिल्लाका नागरिकहरूको बीमा गराउँदै आएको छन् । 

नेपाल लाइफ इन्स्योरेन्सका सक्रिय अभिकर्ता चापागाईं सामाजिक अभियन्ता पनि हुन् । बीमितको बीमा गराए बापत आएको शुल्कको निश्चित प्रतिशत रकम सामाजिक काममा पनि खर्च गर्दै आएको चापागाईं बताउँछन् । उनले अहिलेसम्म हजारौं संख्यामा मानिसहरूको बीमा गराइसकेको बताए । 

‘मैले हजारौं मान्छेहरूको बीमा गराइसकेका छु, अहिले जीवन बीमा कुशल नागरिकभित्रको दायित्व र अनिवार्य पनि बनिसकेकाे छ, आगामी दिनमा अभिकर्ता साथै सामाजिक कार्यलाई प्राथमिकता दिएर अगाडि बढ्ने छु ।’ उनले भने  ।

Logo