एक वर्षमा ४३४ वटा उद्योग दर्ता, ६१ अर्ब ७८ लाखको विदेशी लगानी प्रस्ताव

एक वर्षमा ४३४ वटा उद्योग दर्ता, ६१ अर्ब ७८ लाखको विदेशी लगानी प्रस्ताव

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१/८० मा ४३४ वटा उद्योग दर्ता गर्न सफल भएको छ । उद्योग विभागले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै साना, मझौला तथा ठूला गरेर उक्त संख्यामा उद्योग दर्ता भएको जानकारी दिएको हो । 

विभागका अनुसार ठूला ४९, मझौला ५२ र साना ३३३ वटा उद्योग दर्ता भएका छन् । गत आर्थिकमा २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँको कुल लगानीको प्रस्ताव आएको विभागले जनकारी दिएको छ । विभागका अनुसार असार महिनामा मात्रै ११ अर्ब १२ लाख रुपैयाँको लगानी आएको छ  । 

गत आर्थिक वर्षमा विभिन्न क्षेत्रसँग जोडिएर २५ हजार ५५१ जनाले रोजगारी पाएका छन् । यसै गरी गत वर्ष ४०२ वटा विदेशी प्रोजेक्टको लगानी स्वीकृत भएको पनि विभागले बताएको छ । असारभित्र मात्रै ४८ बढी विदेशी प्रोजेक्टले लगानीको स्वीकृत पाएका थिए । 

विभागले प्रस्तावित कुल विदेशी लगानी ६१ अर्ब ७८ लाख रुपैयाँ आएको बताएको छ । सो अवधिको असारमा १७ अर्ब ४८ अर्ब रुपैयाँ विदेशी लगानीको प्रस्ताव आएको छ । यस्तै, विदेशी लगानी परियोजनाबाट १९ हजार ५३५ जनाले प्रत्यक्ष रोजगारी पाएको विभागले बताएको छ । 

उक्त अवधिमा २ वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएका छन् । विभागले ६ हजार ५१ वटा टे«डमार्क दर्ता भएको र ५१ वटा उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सकिएको बताएको छ । 

विभागका अनुसार १ सय १३ वटा ट्रेडमार्क सम्बन्धी मुद्दामा कारवाही गरिएको छ । असारमा मात्रै २० वटामाथि यस्तो कारवाही गरिएको थियो । गत आर्थिक वर्षमा ८५ वटा सरोकारवालालाई वस्तु निर्यातका लागि सर्टिफिकेट अफ ओरिजिन पनि प्रदान गरिएको पनि विभागले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo