राजधानीको वसुन्धरामा सकेट बम फेला, शंकास्पद पाँच जना पक्राउ

राजधानीको वसुन्धरामा सकेट बम फेला, शंकास्पद पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

टोखा नगरपालिका–५ वसुन्धरामा सकेट बम फेला परेको छ । वसुन्धरामा रहेको ‘द वल्र्ड कल्चर आर्ट एशोसिएशन अफ नेपाल’ को कार्यालयमा लुकाएर राखिएको अवस्थामा उक्त बम फेला परेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बम राखेको गोप्य सूचनाका आधारमा प्रहरीले वसुन्धरास्थित ओसिस क्याफे पछाडि रहेको जीतमान गुरुङको घरमा रहेको अफिसमा उक्त बम फेला परेको हो ।

प्रहरीले सोधपुछ तथा अनुसन्धानका लागि प्रकाश सुवेदीसहित पाँच जनालाई पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको वृत्तका प्रमुख प्रसाईंले बताए ।
रासस

Skip This
Skip This
Logo