काठमाडौँ । पोखरमा आज बिहान करिब ८ः५५ बजेको समयमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती विक र सोही विद्यालयमा पढ्ने उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका पोखरा महानगरपालिका २१ कृष्तिका ९ वर्षीय अनमोल विक, सोही स्थानका वर्ष ५ का रोशन बराल, वर्ष १५ की प्रकृति कार्की, एकहाते बस्ने वर्ष ६ का प्रिन्स राना, रामदी बस्ने वर्ष ७ की चिजा विक, वर्ष ९ का प्रवेश कार्की, वर्ष १२ की विसिका पौडेल, रामदी बस्ने वर्ष १४ का दिप्सन कार्की, वर्ष ६ की योना गुरुङ, वर्ष १३ की डिना गुरुङ, वर्ष ११ का विश्वास पौडेल, एकहाते बस्ने वर्ष १२ की सिम्रन विक र वर्ष ११ का विवश खत्रीको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ।
दुर्घटनामा परी ८ वर्षकी अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ को रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सितादेवी विक, वर्ष ७ का अस्मित विक र वर्ष ३० की सुमित्रा सुनार, वर्ष २ का निर्दोष सुनार, वर्ष ३० की सपना आले (शिक्षक), वर्ष ११ का निश्चल सुनारको पश्चिम क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै पोखरा महानगरपालिका १७ बिरौटाका बस चालक टेकबहादुर भुजेल, पोखरा २१ रामदीका ८ वर्षका निशान सुनार, वर्ष ५ का सागर थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा महानगरपालिका वडा नं २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नंको देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।





























प्रतिक्रिया