सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुँदै, कतिको हुँदैछ हातखाली ?

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुँदै, कतिको हुँदैछ हातखाली ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधबार (१६ गते) बाँडफाँट हुने भएको छ ।  कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बिहान ८ बजे बाँडफाँट गरिने भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । उक्त अवधिसम्ममा १६ लाख ५९ हजार ७५ जनाले २ करोड ३८ लाख ६३ हजार ४० कित्ताका लागि आवेदन परेको  सिडिएस एण्ड क्लियरिङले जनकारी दिएको छ । सिडिएसका अनुसार उक्त कित्तामा आवेदन मार्फत २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ संकलन भएको छ । यो आवेदन कम्पनीले निष्कासन गरेका सेयरमा माग भन्दा ५१०.१३ गुणाले बढी हो । 

कम्पनीको एफपीओमा आवेदन दिएका १६ लाख ५४ हजार ४०३ जनाको हात रित्तो हुने देखिएको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो । यो एफपीओ १०÷१० कित्ताका दरले ४ हजार ६७३ जनाले पाउँछन् । सोही मध्यका ९ जना भाग्यमानीले थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् । 

साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक सेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेको छ । राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिँदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको हो ।

Logo