काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई प्रहरीले गिरफ्तार गरेको छ । हिन्दु राष्ट्रको माग राख्दै काठमाडौंमा प्रदर्शन गर्ने क्रममा प्रहरीले अध्यक्ष थापालाई गिरफ्तार गरेको हो । प्रहरीले राप्रपाको विरोध प्रदर्शनमा पनि हस्तक्षेप गरेको छ ।
राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको हो ।
नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर, राजासहितको लोकतन्त्रको लागि सर्वपक्षिय गोलमेच सम्मेलन गर, संघीयताबारे राष्ट्रिय जनमत संग्रह गर, भ्रष्टाचार अन्त्य गर, बेराजगारी समस्या समाधान गर, मुल्य बृद्धि नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेको राप्रपाले आज १ घण्टा देशैभर धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।
सरकारसमक्ष पेश गरेका २२ बुँदे माग सम्बोधन माग गर्दै राप्रपाले आयोजना गरेको जनसंघर्ष कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । त्यस्तै प्रहरीले कास्किमा पनि राप्रपा नेता तथा कार्यकर्तामाथि धरपकड गरेको छ । शान्तिपुर्ण आन्दोलनको क्रममा कास्किमा नेता कार्यकर्ताहरुमाथि प्रहरीले धरपकड गरेको राप्रपाले जनाएको छ ।































प्रतिक्रिया