जब काठमाडौंमा एक अफिसको सोफा मुनि नै बम भेटियो…

जब काठमाडौंमा एक अफिसको सोफा मुनि नै बम भेटियो…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ । बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो ।

कार्यालयको सोफा मुनि सकेट बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । सकेट बम फेला परेको सूचनाका आधारमा घटनास्थलमा प्रहरी पुगेको थियो । बम भेटिएको ठाउँमा प्रहरीले अहिले पहरा दिइरहेको छ ।

अफिसको सोफामा कसले र कसरी बम राख्यो भन्ने विषयमा छानबिन भइरहेको डिएसपी बोगटीको भनाई छ । प्रहरीले सोधपुछका लागि कल्चरल सेन्टरका सञ्चालक प्रकाश सुवेदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ लागेको छ ।

Skip This
Skip This
Logo