महेन्द्रनगर । मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सक्रिय गैर सरकारी संस्था साना हातहरु नेपालले अढाई वर्षमा १३९ जनाको उद्धार गरेको छ । आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७४/०७५ र चालु आवको ६ महिनामा १३९ जनाको उद्धार गरिएको छ ।
यसैगरी यस अवधिमा ३ हजार ८ सय ७३ जनालाई सोधपुछ, ११ हजार ३ सय १९ जनालाई मानव बेचबिखन सम्बन्धी सचेतना तथा परामर्श र बेचबिखन विरुद्धका ४ वटा मुद्दा अदालतमा दर्ता गराएको छ । साना हातहरु नेपालले २०७२ सालदेखि महेन्द्रनगर बसपार्क क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि कार्य गर्दै आइरहेको छ । अहिले संस्थाले पुनर्वास, बेलौरी लगायतका नाकामा सीमा निगरानी गरी बेचबिखन नियन्त्रणका लागि कार्य गर्दै आएको छ ।
संस्थाका सचिव सन्तोष सुनामले प्रविधिको बढ्दो प्रयोगसंगै बेचबिखन जटिल बन्दै गएकाले सबै पक्षको सहयोग चाहिएको बताए । संस्थाले गत आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा १ हजार ७ सय ६३ जनालाई सोधपुछ गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४ हजार ८ सय २४ जनालाई सचेतना तथा परामर्श दिइएको छ ।
यसै वर्ष ५१ जनाको उद्धार गरिएको छ । उक्त वर्षमा २ जना विरुद्ध बेचविखन विरुद्धको मुद्धा लगाईएको छ । यस्तै आर्थिक वर्ष २०७४÷७५ मा महेन्द्रनगर बसपार्क क्षेत्रमा १ हजार ३ सय ९९ जनालाई सोधपुछ गरेको छ भने ४ हजार ६२ जनालाई सचेतना तथा परामर्श दिएको र ५९ जनाको उद्धार गरेको छ ।
एउटा मुद्दा अदालतमा दर्ता गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७५/७६ मा ८ सय ११ जनालाई सोधपुछ, २ हजार ४ सय ३३ जनालाई सचेतना तथा परामर्श र २९ जनालाई उद्धार गरेको छ भने १ जना विरुद्ध मुद्दा दर्ता गरेको तथ्याङमा उल्लेख गरिएको छ ।
हालसम्म संस्थाले अदालतमा दर्ता गरेका मुद्धाहरुमा १ वटा मुद्धा फैसला भैसकेको बताएका छन । उक्त फैसला अनुसार आरोपितलाई २ वर्ष जेल सजाय तोकिएको छ ।
बेलौरी नगरपालिका र पुर्नवास नगरपालिकामा मानव ओसारपसार नियन्त्रणमा ५९ जनालाई सोधपुछ गरिएको छ । १ सय ५५ जनालाई सचेतना तथा परामर्श दिइएको छ । यस्तै ४ जनाको उद्धार गरिएको उल्लेख गरिएको छ यो तथ्याङक बेलौरी र पुर्नवासमा ५ महिनाको अवधिमा परिक्षण कालमा उपलब्ध भएको बताएको छ । सचेतनापछि बढी जसो महिलाहरू स्वरोजगारमा सक्रिय हुन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साना हातहरु नेपालले केहि दिन अगाडी जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला परियोजना सल्लाहकार समिति (डिपिएक) सँग बैठकको आयोजना गरि सम्बन्धित सरोकारवालाहरुलाई हाल सम्म यस संस्थाले गरेको मानव ओसारपसार नियन्त्रणको तथ्याङ्क प्रगति प्रतिवेदन मार्फत सार्वजनिक गरेको थियो ।
बसपार्क क्षेत्रमा मानव वेचविखनका विरुद्धमा काम गर्न निकै चुनौतीपूर्ण रहेको संस्थाका स्टेशन म्यानेजर रञ्जना सुनामले बताए ।































प्रतिक्रिया