काठमाडौँ । आज बिहानको मापनअनुसार सुदूरपश्चिम प्रदेशमा रहेका नदीहरूमा पानीको बहाव बढ्न सक्ने देखिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
आज कोशी, कर्णाली, नारायणी, महाकाली, बाग्मती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको छ ।
दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
साथै उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।





























प्रतिक्रिया