सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक, यो वर्ष अभाव नहुने

सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक, यो वर्ष अभाव नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइ सकेको जनाएको छ । सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य अनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले भर्नासंगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु¥याउन निर्देशन दिनुभएको थियो ।

केन्द्रका महाप्रबन्धक महेश्वर तिमल्सिनाले लक्ष्य अनुरुप पाठ्यपुस्तक छपाई भैसकेको जानकारी दिँदै भन्नुभयो– पाठ्यपुस्तक अभाव हुन दिदैनौ । चौबिसै घण्टा प्रेस चलाएर पाठ्यपुस्तक छापिरहेका छौँ । केन्द्रले गतवर्ष २ करोड पाठ्यपुस्तक छापे पनि १ करोड ६८ लाख थान पुस्तक बिक्रि भएको थियो ।

केन्द्रका प्रवक्ता चित्र आचार्यले पनि सरकारकै निर्देशन अनुसार पाठ्यपुस्तक छापिसकिएको जनाएको छ । उहाँका अनुसार प्रदेश कार्यालय रहेको पोखरा, जनकपुर, काठमाडौं मुख्यालय, विराटनगर, धनगढी, नेपालगंज, भरतपुर, विराटनगर, सुर्खेत र बुटवलस्थित कार्यालयबाट पाठ्यपुस्तक विक्री भइरहेको छ ।

करिब १ हजार १ सय एजेन्ट नियुक्त गरी पाठ्यपुस्तक बिक्रि गर्ने व्यवस्था लिाइएको उहाको भनाई छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गरेको तथ्याङकको आधारमा पाठ्यपुस्तक छापिरहेको आचार्यको भनाई छ ।

तथ्याङ अनुसार कक्षा १ मा करिब ५ लाख ५५ हजार, २ मा ४ लाख ६७ हजार, ३ मा ४ लाख ४७ हजार, ४ मा ४ लाख ३६ हजार, ५ मा ४ लाख ३६ हजार, ६ मा ४ लाख १७ हजार विद्यार्थी अध्ययनरत छन् । यस्तै ७ मा ४ लाख १८ हजार, ८ मा ४ लाख ३६ हजार, ९ मा ४ लाख १३ हजार र १० मा ३ लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo