विप्लव समूहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्नोस् : गृहमन्त्री

विप्लव समूहलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्नोस् : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

पोखरा

गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित विप्लव समूहलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई निर्देश गरेका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीमा आएका उनले आइतबार यहाँ त्यस्तो निर्देश गरेका हुन् ।

‘जुनसुकै बाहनामा शान्ति खलल पार्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नुस् ’, उनले सुरक्षाकर्मीलाई निर्देशन दिँदै भने, ‘संविधान विरोधी गतिविधि गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्नोस् ।’

सुरक्षा गोष्ठीमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु सहभागी छन् । शनिबार सुरु गोष्ठी आइतबार सकिएको छ । दुर्गमका स्थानीय तहमा विप्लव समूहका कार्यकर्ताले चन्दा आतंक मच्चाएको सीडीओहरुले सुनाएका थिए । गोष्ठीमा विप्लव समूहका गतिविधि नियन्त्रणलाई प्रदेशको सुरक्षा चुनौतीका रुपमा छलफल भएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo