काठमाडौं । गोल्छा ग्रुपकाे प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तर्क्रिया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्षपनी भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भएको छ ।
ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० बढी सहरका विभिन्न विद्यालय/कलेजहरूमा किशोरकिशोरीहरूसँग अन्तरक्रिया गरेका छन्। कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन आजबाट बन्द भएको छ ।





























प्रतिक्रिया