काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरूले आज मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिने तयारी गरेका छन् । देशभरका करिब ३०० बढी कृषि प्राविधिक कर्मचारीले काम नगर्ने चेतावनी दिँदै आज मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएर आन्दोलन गर्ने भएका हुन् ।
सरकारले समायोजन अध्यादेश ऐनमार्फत २०७५ सालमा कर्मचारीहरूलाई समायोजन गरेपछि वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र तत्काल लोकसेवामार्फत सो कार्य सुरु गर्न माग गर्दै धर्नामा बस्दै आएका उनीहरूले नयाँ कृषि मन्त्रीमा रामनाथ अधिकारी नियुक्त भएसँगै माग सम्बोधनका लागि लिखित रूपमा १५ दिनको समय माग गरेका थिए ।
गत १६ असारदेखि पहिलो पटक मन्त्रालयको प्रवेश द्वारमा १५ दिनसम्म धर्ना बसेका उनीहरूले मन्त्रीबाट आश्वासन पाएपछि आन्दोलन स्थगन गरेका थिए । तर मागका सम्बन्धमा सरकारले चासो नदिएपछि कृषि प्राविधिक पुनः आन्दोलन गर्ने भएका हुन् ।































प्रतिक्रिया