प्रमको यमपूजा गरेका खतिवडाको रिहाइका लागि सर्वोच्चमा निवेदन

प्रमको यमपूजा गरेका खतिवडाको रिहाइका लागि सर्वोच्चमा निवेदन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । धर्मगुरु पुष्कर खतिवडालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका खतिवडाको रिहाइका लागि भन्दै सर्वोच्चमा निवेदन दर्ता भएको हो ।

साउन १४ गते नियन्त्रणमा लिइएका खतिवडालाई जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको हो । उनका तर्फबाट आवास अधिकारीले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

उनले प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए ।

Logo