झिलमिला ताल क्षेत्रमा बृहत सरसफाई, यस्तो छ तालको रोचक विशेषता

झिलमिला ताल क्षेत्रमा बृहत सरसफाई, यस्तो छ तालको रोचक विशेषता

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालमा सरसफाई गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्र्तगत बृहत जनचेतना मुलक सरसफाई गरिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्र्तगत पहिलो पटक सरसफाई गरिएको हो । भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा नगर स्तरीय समिति गठन गरिएपछि साझेदारीमा साप्ताहिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन हुँदै आएको छ । समुदाय प्रहरी साझदोरी समिति गठन हुन अघि भीमदत्त नगरपालिकाले वडा स्तरीय घुम्ती सरसफाई कार्यक्रम गर्दै आएको थियो ।

सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्टन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल, भीनपाका नगर प्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको नं. २५ का मेजर गोरख पुजारासहित जनप्रतिनिधि, कर्मचारी, उद्यमी व्यवसायी, पत्रकार सहभागी भएका छन् ।

झिलमिला तालको परिक्रमा पथ, पूजारी आश्रम, शौचालय क्षेत्र लगायतका स्थानमा सरसफाई गरिएको हो । यसैगरी दुई वर्ष अघि तालमा खसेको रुखको केही भाग समेत हटाईएको छ । ताल क्षेत्रबाट फोहर संकलन गरी अन्यत्र विर्सजन गरिएको छ ।

दैनिक तीन पटक रंग फेर्ने ताल प्राकृतिक र धार्मिक रुपमा आकर्षणको केन्द्र मानिन्छ । घना जङ्गलको बीचमा भएर पनि तालमा रुखका पात नभेटिनु, पानी स्थिर रहुन, माछाका आकारस्थिर रहनु र पानीको झिलझिले पर्यटक आकर्षित हुँदै आएका छन् ।

भीनपाका नगर प्रमुख विष्टले प्राकृतिक र धार्मिक रुपमा विशिष्ठ महत्व बोकेको ताललाई पर्यटकीय गन्तव्य बनाउने पूर्वाधार निर्माण र प्रचारप्रसारका कार्यक्रम अघि सारिएको बताए ।

झिलमिला ताल क्षेत्रलाई सफा र स्वच्छ बनाउन सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीसहित जनप्रतिनिधि, नेपाली सेना, जनपद प्रहरी, उद्यमी व्यवसायी, राजनीतिक दलका नेता सबैको सहकार्य र समन्वयमा सरसफाई गरिएको बताए ।

नगरपालिकाले ताराकोटसम्म सडक पुगाएपछि झिलिमला ताल घुम्ने जाने दर्शनार्थीहरुको संख्या बढेको भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले जानकारी दिए । मटेनाबाट तारकोटसम्मको १० किलोमिटरमध्ये अहिले चार किलोमिटर सडक कालोपत्रे हुन लागेको छ । अर्को वर्ष ताराकोटसम्म पक्की सडक पुगाउने गरी ट्रयाक खोलिएको छ ।

ताराकोटबाट तालसम्म पदमार्ग निर्माण भई रहेको छ । स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले झिलमिलालाई सुदूरपश्चिम प्रदेशको नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेर पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएका छन् ।

झिलमिला तालको विकास र संरक्षणका लागि गुरु योजना बनाउन बजेट विनियोजन गरिएको नगर प्रमुख विष्टले बताए । तालको संरक्षण र संवद्र्धनलाई सुदूरपश्चिम प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले परिक्रमा पथ, सोर्य वत्ती जडानका लागि प्रदेश सकारबाट बजेट विनियोजन गरिएको बताए ।

Skip This
Skip This
Logo