एजेन्सी । ६ सय बढी भारतीय कलाकारले भारतमा हुन गईरहेको चुनावमा सत्तारुढ दल भाजपालाई भोट नहाल्न अपिल गरेका छन् । उनीहरूले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्न’ भन्दै भाजपा विरोधी आव्हान गरेका हुन्।
संयूक्त रूपमा जारी गरिएको एक वक्त्व्यमा उनीहरूले भारतीय मतदाताहरूलाई ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ बिजेपीलाई भोट नगर्न आग्रह गरेका छन्।
६०० कलाकारको यस जम्बो सुचिमा अमोल पालेकर, अरून्धति नाग, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, नसरूद्धिन शाह, एम के रैना, कविथा लंकेश, कोनकोना सेन शर्मा, लिलेटे दूबे, मल्लिका तनेजा तथा नभतेज जोहर रहेका छन्।
‘धार्मिक संप्रदायवाद, संकीर्णता, संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरूको लामो र गौरवशाली परम्परा रहेको छ’, अपिलमा भनिएको छ, ‘हामी धर्मनिरपेक्ष, लोकतांत्रिक, समावेशी र मात्र भारतको कल्पना गर्छौ।’
त्यस्तै उनीहरूले आफूहरूको सो कल्पना खतरामा परेको जनाएका छन्। ‘आज गीत, नृत्य र हाँसो खतरामा छन्। आज हाम्रो संविधान खतरामा छ। तर्क , बहस र असंतोषलाई निसासिने गराइँदैछ।’ अपिलमा उनीहरूले आगामी चुनाबलाई स्वतन्त्र भारतको इतिहासको सबैभन्दा संवेदनशील चुनावसमेत भनेको छ।
अपिलमा रंगकर्मीहरूले चुनावबाट प्रेम, समानता तथा सामजिक न्यायलाई पक्षपोषण गर्दै अन्धकार र बर्बरताका शक्तिहरूलाई पराजित गर्नका लागि भोट गर्नुपर्ने जनाएका छन्।





























प्रतिक्रिया