आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै, प्राविधिक शिक्षालय सञ्चालनका लागि छलफल हुने

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै, प्राविधिक शिक्षालय सञ्चालनका लागि छलफल हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरी÷निवेदनका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल हुनेछ ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग सङ्कल्प प्रस्ताव सम्बन्धमा छलफल गर्न दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभामा हुनेछ ।

Skip This
Skip This
Logo