‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेलायती नागरिकको काठमाडौंमा मृत्यु

‘आफ्नै देशमा मर्न चाहन्छु’ भन्ने बेलायती नागरिकको काठमाडौंमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बेवारिसे अवस्थामा रहेका बेलायती नागरिक फिलिप माल्कोमको निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

टेकु अस्पतालबाट वीर अस्पतालमा उपचारका लागि ल्याइएका माल्कोमको अवस्थाबारे सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेपछि केही युवाहरुले उनको थप उपचारका लागि भन्दै काठमाडौं मेडिकल कलेज लगेका थिए । त्यहाँबाट माल्कमलाई नर्भिक अस्पताल लगिएको थियो ।

२६ मार्चमा नर्भिक पुगेका माल्कोम धेरै खालको रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । माल्कोमकमा हेपाटाइस्टिस्ट सी देखिएको थियो र स्वास्थ्यमा सुधार आएपछि एमआइसीयुबाट वार्डमा सारिएको थियो ।

शनिवार (आज) विहान एक्कासी रक्तसञ्चार तल झरेको र स्वासप्रस्वासमा समस्या आएपछि उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । अब दुई दिन दूतावास बन्द हुने भएका कारण माल्कोमको शव अस्पतालमै रहनेछ ।

Logo