हिमालयन रिइन्स्योरेन्स कम्पनीकी सीईओ उपासना पौडेलले ८० लाख हिनामिना गरेको खुलासा [भिडियाे]

हिमालयन रिइन्स्योरेन्स कम्पनीकी सीईओ उपासना पौडेलले ८० लाख हिनामिना गरेको खुलासा [भिडियाे]

केन्द्रबिन्दु
78
Shares

हिमालयन रिइन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले लाखौ रुपैयाँ रकम हिनामिना गरेको खुलासा भएको छ । उपासनाले हिमालयन रिइन्स्योरेन्समा नभई तत्कालीन युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी हुँदा रकम हिनामिना गरेको पाइएको हो ।

तत्कालीन युनाइटेड इन्स्यारेन्सको ८० लाख रुपैयाँ भन्दा बढी हिनामिनामा सीईओ उपासनाको संलग्नता रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरण र युनाइटेड अजोड इन्स्यारेन्स दुवै श्रोतले यसको पुष्टि गरिसकेको छ । यति ठूलो रकम हिनामिना प्रकरणमा उपासनासँगै नायव प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी, विभागीय प्रमुख विनोद कस्पालसहितको संलग्नता देखिएको छ । तत्कालीन युनाइटेड इन्स्यारेन्स र अजोड इन्स्यारेन्स मर्ज भएपछि मात्रै यो घटना पुष्टि भएको थियो । उक्त दुई कम्पनी मर्ज भएपछि हाल यसको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहन गएको छ ।

सीईओ उपासनाले हिमालयन रिइन्स्योरेन्समा नभई तत्कालीन युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी हुँदा रकम हिनामिना गरेको पाइएको हो ।

युनाइटेड अजोड इन्स्योरेन्सको स्रोतले डिडिए रिपोर्ट तयार भएपछि मात्रै उपासनाको कर्तुत बाहिरिएको बताएको छ । डिडिए रिपोर्ट तयार पार्दा कर्मचारीका नाममा एड्भान्स लिएर ८० लाख रुपैयाँ मनपरी गरेको खुलेको थियो । यस विषयमा उपासनाले बिजनेस गर्न खर्च गरेको भनेर गैर जिम्मेवारीपूर्ण जवाफ दिएकी थिइन् । यो विषय तत्कालीन बीमा समिति (अहिलेको बीमा प्राधिकरण) मा समेत पुग्यो । प्राधिकरणले छानबिन गरी हिनामिना भएको पुष्टि गर्दै सम्बन्धित ८० लाख रुपैयाँ असुल गरी दोषी कर्मचारीहरूलाई कारबाही गर्न पत्राचार समेत गरेको थियो । सो बेला उक्त प्रकरणले कम्पनीमा निकै हलचल ल्यायो । नियामक निकाय बीमा प्राधिकरणसम्म यो घटना पुगेपछि कम्पनी आफ्ना बदमास कर्मचारीहरूलाई कारबाही गरे जस्तो गर्न बाध्य भयो ।

हिनामिनामा मुछिएपछि सञ्चालक समितिले उपासनालाई अब निरन्तरता नदिने भनेर जानकारी गराएको थियो ।

लाखौँ हिनामिनामा मुछिएपछि सञ्चालक समितिले उपासनालाई अब निरन्तरता नदिने भनेर जानकारी गराएको थियो । युनाइटेड इन्स्योरेन्समा उपासना हुँदा नविन सुवेदीलाई पनि उनैले ल्याएकी थिइन् । प्रभु इन्स्यारेन्समा काम गरिरहेका सुवेदीलाई ल्याएर उपासनाले डिसीईओ बनाएकी थिइन् । यो प्रकरण बाहिर आएपछि कम्पनीको सेकेण्ड म्यानको भूमिकामा रहेका नविन सुवेदीलाई सुर्खेत शाखामा सरुवा गरियो ।

कम्पनीको दोस्रो ठूलो वरियतामा रहेका व्यक्तिको शाखामा सरुवा भएपछि हाजिर हुन जाने कुरै भएन । सुवेदी शाखामा गएनन्, केन्द्रीय कार्यालयमै हाजिर गराउनु पर्ने अडान लिए । तर, कम्पनीले उनलाई हाजिर गराएन । त्यसपछि सुवेदी श्रम अदालत गए । श्रम अदालतले हाजिर गराउन आदेश दिँदा समेत कम्पनीले टेरेन । बरु श्रम अदालतको विरुद्ध कम्पनी सर्वोच्च गयो । यो हिनामिना प्रकरणमा आफ्नो संलग्नता नभएको सुवेदीले बताउँदै आएका छन् ।

हाल हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना भने यस विषयमा आफ्ना प्रतिक्रिया दिन चाहँदिनन् । यद्यपि, कम्पनी श्रोतले भने यो प्रकरणमा सजायको भागेदार उपासना हुनुपर्ने जिकिर गरिरहेको छ । २०७८ बैशाख १६ गते युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिईओ बनेकी उपासना पौडेल २०७९ कात्तिकमा कम्पनीबाट बाहिरिएकी थिइन् ।

Logo