शनिबार विहान मौसम परिवर्तनसँगै आएको हावाहुरीसहितको वर्षाबाट बारा, पर्साका हावाहुरीपीडितको विचल्ली भएको छ । बस्नका लागि बनाइएको पालहरु हुरीले उदाएपछि उनीहरु थप बिचल्लीमा परेका हुन्।
पानी, असिनाका कारण राहत वितरण समेत प्रभावित भएको छ । कहिकतै डुबानको समस्यासमेत उत्पन्न भएको छ। फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनर्स्थापनाको निर्णय गर्ने जानकारी दिए।गत आइतबार चलेको हुरीबतासका कारण बारा, पर्साका २७ जनाको मृत्यु भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए।
दुई हजार जति घरमा क्षति पुगेको थियो । यसैबीच शनिबार बिहान बर्षासहित हावाहुरी चल्दा जनकपुरमा लाखाैँको क्षति भएको छ । हावाहुरी र वर्षातको कारण जनकपुरमा जारी खाद्य मेला प्रभावित भएको छ । शुक्रबारदेखि तीन दिन सम्म चल्ने मेलाको पंडाल, स्टल र मञ्च हावाहुरीले उड़ाएको छ ।जनकपुरको रामानन्द चाेकमा आजैदेखि सुरु भएको चैतेदशैँका लागि लगाइएको लाखाैँको पंडाल पनि पूर्णरूपले क्षतिग्रस्थ भएको छ ।
रंगभूमि मैदान वारह विघामा आजदेखि प्रदेश २ अंतर्गतको क्रिकेट खेलाड़ी छनौट प्रतियाेगिता समेत पानीले गर्दा प्रभावित भएको छ ।अहिले जनकपुरका प्रमुख चौक र बाटोमा पानी जमेको छ ।































प्रतिक्रिया