बेलुन बनाएर व्यवसाय सुरु गरेको एमआरएफको प्रतिकित्ता सेयर मूल्य एक लाख ४० हजार

बेलुन बनाएर व्यवसाय सुरु गरेको एमआरएफको प्रतिकित्ता सेयर मूल्य एक लाख ४० हजार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सेयर बजार निकै अस्थिर व्यवसाय हो । यसमा लगानी गर्ने लगानीकर्ता कहिले उचाइमा पुग्छन् त कहिले उचाइबाट भुईंमा पनि झर्छन् । लगानीकर्ताहरूका लागि बजारमा हजारौं रुपैयाँसम्मको सेयर छन्, जसमा उनीहरू बाजी लगाउँछन् । त्यसमध्ये एउटा यस्तो कम्पनी पनि छ । जसको एक सेयरको मूल्य १ लाख ४० हजार भारु छ । उक्त मूल्य भएको कम्पनी हो, भारतीय एमआरएफ । जसको प्रतिकित्ता सेयरको मूल्यले भारतमा एउटा लक्जरी कार किन्न सकिन्छ । 

टायर उत्पादन गर्ने एमआरएफको व्यवसायीक साम्राज्य भारतमा निकै ठूलो छ । अहिले यस कम्पनीको सेयर मूल्य भारतमा सबै भन्दा बढी पुगेको हो । बिहीबार धितोपत्र बजारमा एमआरएफ लिमिटेडको सेयर केही घटेर भारतीय १ लाख ४० हजार ९९ रुपैयाँमा कारोबार भएको थियो ।  

भारतीय स्टक बजारमा भारी स्टकको सूचीमा परेको एमआरएफ सेयरले विगत पाँच वर्षमा लगानीकर्ताको पैसा दोब्बरभन्दा बढी बढेको छ । यस अवधिसम्ममा कम्पनीको एक कित्ता सेयरको मूल्य ८६ हजार २३० रुपैयाँले बढेको छ । यस वर्षको जनवरी २०२४ मा यस कम्पनीको मूल्य पहिलो पटक १.५० लाख नाघेको थियो । 

बेलुनबाट व्यवसायिक यात्रा  

कम्पनीका संस्थापक के.एम. माम्मेन मप्पिलाईले सन् १९४६ मा व्यापारिक संसारमा प्रवेश गरेका थिए । सो बेला उनले मद्रासको तिरुवोटियुरमा एउटा सानो गोठमा बेलुन बनाउने व्यवसाय सुरु गरेका थिए । उनीहरूले प्रायः बालबालिकाका खेलौनाका साथै औद्योगिक पन्जा र लेटेक्स उत्पादनहरू उत्पादन गर्ने गथ्र्याे । ट्रेड रबर उत्पादनको व्यवसायमा प्रवेश गरेको ४ वर्षभित्रै एमआरएफको व्यवसाय विस्तार तीव्र गतिमा वृद्धि हुँदै गयो । र, सन् १९५६ सम्ममा एमआरएफ भारतमा ५० प्रतिशत सेयरको साथ ट्रेड रबरको बजार प्रमुख बन्यो । 

५ नोभेम्बर १९६१ मा एमआरएफले प्राइभेट लिमिटेड कम्पनीको हैसियत पायो । त्यति बेलासम्म कम्पनीले म्यानफिल्ड टायर र रबर कम्पनीसँगको सहकार्यमा अटोमोबाइल, विमान र साइकलका लागि टायर र ट्युब उत्पादन गर्दै आएको थियो । ८० को दशकमा भारतीय अटो क्षेत्रमा ठूलो परिवर्तन आइसकेको अइसकेको थियो । किफायती कारहरू आए, जसको उदाहरण मारुती ८०० पनि हो । 

दुईपाङ्ग्रे सवारीसाधन उद्योगले पनि सन् १९८५ मा दुईपाङ्ग्रे सवारीसाधनका लागि टायर बनाउन थालेको थियो । सन् १९९३ सम्ममा एमआरएफको व्यवसाय स्थापना भइसकेको थियो । अहिले यो कम्पनी ट्रक, कार, बाइक–स्कुटरलाई चाहिने टायर उत्पादनमा भारतीय बजारमा अग्रणी बनिसकेको छ । 

पछिल्लो दुई दशकमा सेयर मूल्य दोबर

दुई दशकअघि अगस्ट ६, २००४ मा एमआरएफ सेयरको मूल्य १५ हजार ४८ रुपैयाँ थियो । क्रमशः बढ्दै गएको यो स्टक सन् २०१० सम्ममा ५ हजार नाघ्यो । त्यसपछि २०१२ मा यसको मूल्य १० हजारले बढेर २०१५ अगस्ट ७ सम्ममा यस कम्पनीको मूल्य प्रतिकित्ता ४४ हजार ९२२ रुपैयाँ पुगेको थियो । यसपछि यस कम्पनीको सेयरले कीर्तिमानी रेकर्ड कायम गर्दै सन् २०२४ सालमा कम्पनीको सेयरका लागि उत्कृष्ट साबित भएको हो । वर्षको शुरुवात अर्थात् १७ जनवरी २०२४ (बुधवार) भारतीय स्टक बजारको सबैभन्दा महँगो स्टक एमआरएफले इतिहास रचेको थियो । कम्पनीको शेयर (एमआरएफ सेयर मूल्य) इन्ट्राडेमा १० प्रतिशत १३५२०.७ ले बढेर १.५० लाख रुपैयाँ नाघेको छ । एमआरएफको शेयरको हालसम्मकै उच्च स्तर १ लाख ५१ हजार ४४५ सम्म पुगि सकेको छ । एजेन्सी

Logo