एनआईसी एशिया क्यापिटलबाट संचालित सामूहिक लगानी कोष योजनाहरुको कसकाे प्रतिफल कति ?

एनआईसी एशिया क्यापिटलबाट संचालित सामूहिक लगानी कोष योजनाहरुको कसकाे प्रतिफल कति ?

केन्द्रबिन्दु
9
Shares

एनआईसी एशिया क्यापिटल लिमिटेडले एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु प्रतिफल घोषणा गरेको छ । क्यापिटलको संचालक समितिको बैठकले योजनाहरुको प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो

हेर्नुहाेस् प्रतिफल –

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १०.५० प्रतिशत तथा छैटौं वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको ९.५० प्रतिशत सहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ ।

एनआईसी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौंथो वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको ९.२५ प्रतिशत सहित हालसम्म ७०.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत, तेश्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात आ.व. २०८०/८१ को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

Skip This
Skip This
Logo