कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । विहिबार सुन ९ सयले रुपैयाँले घटेको थियो ।

बुधबार ७ सय घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुन आज ९२ हजार ५०० मा कारोबार भइरहेको छ । सुन आइतबार २ सयले घटेको थियो भने सोमबार १ सयले घटेको थियो ।

गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो । विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ५०० सय र तेजाबी सुनको मूल्य ९२ हजार ५० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo