मकवानपुरमा सुमो दुर्घटनाः १० जना घाइते

मकवानपुरमा सुमो दुर्घटनाः १० जना घाइते

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–सिस्नेरी काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो पल्टिँदा १० जना घाइते भएका छन् । सुमो अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान ७ः२० बजेको समयमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकको नाला साईडमा पल्टिएको प्रहरीले जनाएको छ ।

सुमो पल्टिदा सुमोमा सवार चालक सहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर र ७ जनाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिस्नेबाट २ किलोमिटर उत्तरतर्फ पर्दछ ।

Skip This
Skip This
Logo