गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा उपचाररत राष्ट्रिय सभाका सदस्य बलदेव बोहरालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
शनिबार बिहान गृहमन्त्री लेखकले मृगौलामा समस्या देखिएपछि केएमसीको आईसियुमा उपचारत रहेका बोहोराको स्वास्थ्य अवस्था बुझेका हुन् । हाल उनलाई अचानक मुटुको पनि समस्या देखिएको बताइएको छ । कञ्चनपुरका सांसद बोहराले केही समयदेखि केएमसीमै उपचार गराइरहेका छन् ।

यसैक्रममा गृहमन्त्री लेखकले केएमसी अस्पतालको निरीक्षण पनि गरेको अस्पतालका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । सो क्रममा उनले केएमसीका अत्याधुनिक प्रविधिहरु क्याथल्याव, एमआरआई, सिटिस्क्यानको अवलोकन तथा ती उपकरणहरुले कसरी र कस्तो काम गर्छन् भन्ने जानकारी लिएका थिए ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिल शर्माले नेतृत्व सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत देशका पूर्वदेखि पश्चिमका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



































प्रतिक्रिया