एसईई दिएका बिद्यार्थीलाई एक रुपैयाँमै सिमकार्ड

एसईई दिएका बिद्यार्थीलाई एक रुपैयाँमै सिमकार्ड

केन्द्रबिन्दु
0
Shares

स्मार्ट टेलिकमले एक रुपैयाँमै सिम उपलब्ध गराउने भएको छ।  टेलिकमले स्टुडेन्ट सिम योजनाअन्तर्गत कम्पनीले एसईई २०७५ मा सहभागी विद्यार्थीलाई मात्र १ रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ ।

सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेश पत्रको फोटोकपीसहित आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने छ । स्मार्टले उपलब्ध गराएको, स्टुडेन्ट सिमकार्डमा १५ सय एमबी डाटा रहेको छ, जुन हरेक महिना ५ सय एमबीका दरले ३ महिनासम्म प्राप्त गर्न सकिने छ । यो सिमकार्ड एसईई परीक्षा दिएका विद्यार्थीका लागि मात्र रहेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यससँगै एसईई परीक्षा दिएका विद्यार्थीलाई उच्च गतिको इन्टरनेटको अनुभव प्रदान गर्ने छ ।  योजना अप्रिल ४, २०१९ बाट शुरू भई ९० दिनसम्मका लागि नेपालभर लागू हुनेछ । स्टुडेन्ट सिमकार्ड नजिकै रहेका स्मार्ट सेन्टर र एडुुवल्र्ड ग्रुपअफ एडुकेशन प्रालिबाट मात्र उपलब्ध हुनेछ ।

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo